मेलम्ची खानेपानी आयोजनामा फसेको डेढ अर्ब रुपैयाँ हिमालयन बैंक र बिओकेले फिर्ता पाउने

१७ श्रावण २०७९, मंगलवार १९:२०

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा फसेको डेढ अर्ब रुपैयाँ हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बिओके)ले फिर्ता पाउने भएका छन् ।चीनको हेनान प्राप्तको अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश दिएको हो ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा चीनको चाइना रेल्वेले पाएको थियो । जसको ग्यारेन्टी चीनको चाइना कन्सट्रक्सन बैंकले ग्यारेन्टी दिएको थियो । त्यसको काउन्टर ग्यारेन्टी नेपालका हिमालयन बैंक र बिओके बसेका थिए ।चाइना रेल्वेले सम्झौताअनुसार मेलम्ची खानेपानी आयोजनाको काम गर्न नसकेपछि त्यसको ठेक्का रद्द भएको थियो । मेलम्ची खानेपानी आयोजनाले ग्यारेन्टीवापतको रकम नेपाली बैंकले पाएका थिएनन् ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले चीनको उच्च अदालतबाट मुद्दा जितेको बताएका छन् यो फैसलासंगै बैंकले काउन्टर ग्यारेन्टीवापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिएका छन् ।

हिमालयन बैंकले भने ६६ लाख डलर ग्यारेन्टी दिएको थियो । चाइना रेल्वेले मेलम्चीसँगको २०६९ मा तोडेपछि राष्ट्र बैंकले हिमालयन तथा बिओकेबाट पैसा ‘एअरमार्क’ गरेर राखेको थियो ।चाइना रेलवे १५ ब्युरोले ठेक्का तोडेपछि मेलम्ची आयोजनाले काठमाडौं जिल्ला अदालतमा ग्यारेन्टी रकमको दाबी गर्दै हिमालयन तथा बिओकलाई बिपक्षी बनाएर मुद्दा दायर गरेको थियो । राष्ट्र बैंकले हिमालयन र बिओकेको एअरमार्क गरेर राखेको पैसा भने मेलम्ची खानेपानी आयोजनालाई फिर्ता दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*