स्वाभिमान लघुवित्तको नाफामा सामान्य सुधार, चुक्तापुँजी ३२ प्रतिशतले बृद्धि

१८ श्रावण २०७९, बुधबार ०७:४२

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म खुद ब्याज आम्दानी बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थाका लागि कम रकम छुट्याएका कारण लघुवित्तको नाफामा झिनो मात्र सुधार भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.३५ प्रतिशत बढेर १२ करोड ९४ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ९ करोड ६१ लाख रुपैयाँ ऋणात्मकबाट ६ करोड ६८ लाख रुपैयाँ धनात्मक भएको छ ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ५९ पैसा घटेर ४३ रुपैयाँ २८ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ २३ पैसा रहेको छ ।

यस अवधिसम्म लघुवित्तको चुक्ता पूँजी ३२.३० प्रतिशतले बढेर १२ करोड १७ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ८ करोड १८ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ सापटी लिई ६६ करोड ८० लाख १५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २अर्ब ७ करोड २३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*