खराब कर्जा बढेसँगै आरम्भ चौतारी लघुवित्तको नाफामा गिरावट, इपीएस कति ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ करोड ३ लाख रुपैयाँ खुद नाफा आजर्न गर्न सफल भएको छ ।
लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफामा गिरावट आएको छ ।
यस अवधिसम्म लघुवित्तको नाफा २७.१५ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढेपनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.३५प्रतिशत बढेर ३४ करोड ६ लाख रुपैयाँ पुगेको छ भने लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २६.७८ प्रतिशत घटेर ८ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ६७ पैसा घटेर १९ रुपैयाँ १६ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।
यस अवधिसम्म लघुवित्तको खराब कर्जा १.२९ प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ । यसकारण पनि लघुवित्तले खुद नाफामा सुधार गर्न नसकेको हो ।
यस अवधिसम्म लुघवित्तको चुक्तापुँजी ५.८१ प्रतिशतले बढेर ३६ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार ६८.२८ प्रतिशतले बढेर कोषमा १४ करोड १३ लाख रुपैयाँ संचित रहेको छ
समिक्षा अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १८ करोड ३५ लाख रुपैयाँ सापटी लिई १ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ९६करोड ५८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।













