भदौ ६ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्दै बरुण हाइड्रोपावर

१८ श्रावण २०७९, बुधबार ०८:१९

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले भदौ ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर (१ः१ं)को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गर्नेछ ।

कम्पनीले हकप्रद निष्काशनका लागि साउन २ गते बुकक्लोज गरेको थियो । यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको उक्त हकप्रदमा आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ २६ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*