नेपाल एसबिआई बैंकको खुद नाफा ७० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा साढे एक अर्ब

१८ श्रावण २०७९, बुधबार १०:५४

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.७२ प्रतिशत बढेर ४ अर्ब ४० करोड ७७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७५.०१ प्रतिशतले बढेर २ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ६७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ३५ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३.५० प्रतिशत बढेर ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार २३.३५ प्रतिशतले बृद्धि भई कोषमा ७ अर्ब २८ करोड रुपैयाँ संचित रहेको छ । त्यसैगरी, बैंकको निक्षेप १२.६८ प्रतिशत र कर्जा ८.५८ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*