आम्दानी बढेसँगै नेरुडे लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, १० अर्बको कर्जा परिचालन

१८ श्रावण २०७९, बुधबार १२:०२

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म २३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौाथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको हो । यो नाफा अघिल्लो आवको तुलनामा २७.७७ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म लुघवित्तले १८ करोड २३ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घट्न पुगेको छ । खुद ब्याज आम्दानी यस अवधिसम्म ८.०३ प्रतिशतले बढेर ६१ करोड १२ लाख ८६ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २६.०६ प्रतिशतले घटेर २१ करोड ३९ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ ।

यस अवधिसम्म लघुवित्तको चुक्तापुँजी ६० करोड रुपैयाँ रहेकोमा जगेडा कोषको आकार समेत बढेर ७९ करोड १४ लाख ४१ हजार रुपैयाँ कोषमा संचित रहेको छ ।

यस अवधिसम्म लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ८३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ९१ पैसा रहेको छ । साथै मूल्य आम्दानी अनुपात २२.६६ गुणा र तरलता अुनपात ५.४१ प्रतिशत रहेको छ ।

यस अवधिसम्म लुघवित्तले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब २०करोड ६८ लाख रुपैयाँ सापटी लिई ३ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन तथा ९ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*