राष्ट्र बैंकद्धारा बैंकहरुको लाभांश बितरण प्रतिबन्ध फुकुवा

१८ श्रावण २०७९, बुधबार १३:००

नेपाल राष्ट्र बैंकले बैंकहरुो लागि एकिकृत निर्देशन जारी गरेको छ । मौद्रिक नीतिमा गरिएको ब्यबस्था कार्यन्वयनको लागि राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गरेको हो । एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले लाभांश बितरणमा यस अघि कायम प्रतिबन्ध फुकुवा गरेको छ ।

यस अघि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७÷७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने ब्यबस्था गरेको थियो। राष्ट्र बैंकले उक्त नियम खारेज गरेको छ ।
यस संगै अब बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश पनि बितरण गर्न सक्ने छन् ।राष्ट्र बैंकले यस अघि भएको ब्यबस्था हटाएको हो । यस अघि निम्न ब्यबस्था थियो ।“इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७÷७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउनेछन्।

,(क) यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुने छैन ।(ख) खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न पाउने छैनन्। “

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*