संस्थागत निक्षेपको ब्याजदरको वेगमा राष्ट्र बैंकको लगाम

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको संस्थागत निक्षेपको ब्याजदरमा लगाम लगाएको छ । बैंक तथा वित्तीय संस्थाले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा कम्तीमा २ प्रतिशत ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि बुधबार बैंक तथा वित्तीय संस्थालाई पठाएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । ‘संस्थागत मुद्दती निक्षेप ९बोलकबोलसमेत० मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
यसअघि सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा संस्थागत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर १ प्रतिशतले कम हुनुपर्ने व्यवस्था थियो ।













