घर–जग्गा धितोमा १००ः३० रेसियो नाघेका कर्जा असुल गर्न राष्ट्र बैंकको निर्देशन, जग्गामा लगानी गरेकाहरु डुब्ने

१८ श्रावण २०७९, बुधबार १४:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा ऋण लगानी गरेका बैंक तथा वित्तिय संस्थालाई फेयर भ्यालुको १००ः३० रेसियोभन्दा बढि ऋण प्रवाह भएका ऋणीसँग बढी भएको हदसम्मको ऋण रकम असुल गर्न राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले आज जारी गरेको एकीकृत निर्देशन बमोजि अबदेखि घरजग्गा धितोलाई बैंकहरुले रिकल गरेर ऋणको सीमा फेयर भ्यालुसँग १००ः३० कायम गर्न निर्देशन दिएको हो । नयाँ निर्देशनसँग हाल ५० देखि ७० प्रतिशत रेसियोमा रहेका ऋणीहरुलाई रिकल गरेर ऋण अनुपात कायम गर्नुपर्नेछ । यस्तो व्यवस्थासँगै यसअघि सहुलियतमा घर किनेका ऋणीहरु समेत अप्ठेरोमा पर्ने भएका छन् ।केन्द्रीय बैंकले यसअघि आफैले दिएको छुट सुविधालाई कटौति गरेर घरजग्गाका ऋणीहरुलाई रिकल गर्न भनेको हो । नयाँ व्यवस्थाले घरजग्गाको मूल्यमा भारी गिरावट आउने विश्वास गरिएको छ।

नयाँ व्यवस्था अनुसार ऋणीले तत्कालै १००ः३० रेसियो कायम हुने गरी रकम बुझाउन नपरे पनि आगामी दिनमा नविकरण गर्दा भने उक्त रेसियो कायम हुने रकम बराबर मात्रै ऋण नविकरण हुने भने बाँकी ऋण रकम चुक्ता गर्नुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*