पाँच करोडसम्म कर्जा लिनेलाई राष्ट्र बैंकको छुट, असोज मसान्तसम्म छुट

१८ श्रावण २०७९, बुधबार १४:१८

काठमाडौं । अब ऋणीहरुले ५ करोड रुपैयाँसम्मको कर्जाको असोज मसान्त सम्ममा ब्याज तथा किस्ता तिर्दा जरिवाना लिन नपाउने व्यवस्था गरेको छ ।राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपयोग गरेका उद्यमी व्यवसायीहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा थप हर्जाना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउन सम्बद्ध बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*