तोकेको सिमाभन्दा बढी शेयर धितो कर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने

१८ श्रावण २०७९, बुधबार १४:४१

बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकले तोकेको सिमाभन्दा बढी शेयर धितो कर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह–नवीकरण गर्नु पर्नेछ। तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ,“ केन्द्रिय बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ।

यस्तै सिमाभन्दा माथि रहेका शेयर धितो कर्जालाई भदौ ८ गतेभित्र नै सिमामा ल्याउन निर्देशन दिएको छ। “मिति २०७८।०५।०८ पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ,“ निर्देशनमा भनिएको छ।मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड कायम गरेको छ। बैंकहरुले यो सिमाभन्दा बढी कर्जा लगानी गर्न पाउदैनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*