लघुवित्तहरुले प्राथमिक पुँजीको शतप्रतिशत सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने

१८ श्रावण २०७९, बुधबार १५:५३

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पुँजीको बढीमा शत प्रतिशले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने भएको छ ।

राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८ संशोधन गर्दै सो व्यवस्था ल्याएको हो ।

यसभन्दा अघिको व्यवस्थामा लघुवित्त वित्तीय संस्थाहरुले चुक्तापुँजीको २५ प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र निष्काशन गर्न निवेदन पेश गर्न सक्ने व्यवस्था रहेको थियो ।

सो ब्यवस्थालाई संशोधन तथा परिमार्जन गर्दै अब लघुवित्तहरुले प्राथमिक पुँजीको बढीमा १०० प्रतिशतसम्म हुने रकमसम्मको सहायक आवधिक ऋणपत्र निष्काशनका लागि निवेदन पेश गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*