एकैदिनमा ९१५ जना कोरोना संक्रमण, २ जनाको मृत्यु
१८ श्रावण २०७९, बुधबार १६:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९१ जनामा आरटी पिसीआर परिक्षण गरिएकोमा ५९५ जना संक्रमित फेला परेको हो । साथै २ हजार ९११ जनामा गरिएको एन्टीजेन परिक्षणमा ३२५ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
सोही समय ३०१ जना भने कोरोना मुक्त भएका छन् । आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४३३ जना पुगेको छ ।













