ह्वातै बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?
१९ श्रावण २०७९, बिहीबार ११:०४

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ८ सय रपैयाँले बढेको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको भाउ १२ सय १० रुपैयाँ कायम भएको छ ।
बुधवार स्थानीय बजारमा सुनको मूल्य ३०० रूपैयाँले र चाँदीको मुल्य १० रुपैयाँले घटेको थियो ।













