अनावश्यक खर्च कम गरी बीमा गरौँ, भविष्य सुरक्षित बनाऔं

पछिल्लो समय बीमाप्रति युवावर्गमा आकर्षण बढ्दै गइरहेको छ । नेपालमा मात्र नभई रोजगारीको अवसरमा विदेशीने नेपालीहरुले बीमाको महत्व बुझ्न थालेका छन् ।
बीमा के हो ? र यसको महत्व के छ भन्ने कुरा बुझेर विदेशबाटै नेपालीहरुले नेपाली बीमा कम्पनीहरुमा सजिलै बीमा गराउने गरेका छन् ।
विपत झ्यालि पिटेर आउँदैन् । कुनै संकेत दिएर आउँदैन । मानवीय जीवनमा जुन सुकै समयमा पनि जोखिम आई पर्न सक्छ । वा देखा पर्न सक्छ । भविष्यमा के हुन्छ के थाहा । भविष्य कसले देखेको हुन्छ र । भविष्य अनिश्चित छ । सोही अनिश्चिताकै कारणले मानव जीवन जोखिमरहित छैन । भवितव्य घटना भएर आफू नरहेकोे अवस्थामा आफ्नो परिवारमा रहेका आश्रितको पालनपोषण तथा शिक्षा सुनिश्चित गर्नु हरेक सदस्यको कर्तव्य हुन्छ ।
आश्रितहरूको जीविकोपार्जन सुनिश्चित विभिन्न माध्यमहरुबाट गर्न सकिन्छ । बैङ्क खातामा रकम जम्मा गर्नु, घर, जग्गा खरिद लगायतका अन्य माध्यमहरु अवलम्वन गर्न सकिन्छ । तर भरपद्रो माध्यमका रुपमा भने बीमालाई लिन सकिन्छ ।बीमा जोखिम व्यस्थापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जिवन ,सम्पती वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तर गर्ने प्रक्रिया नै बीमा हो ।
बीमाको माध्यमबाट भविष्यमा पर्न सक्ने जोखिमहरुलाई सामना गर्न सहज वातावरण सृजना हुन्छ । बीमा भविष्यमा भवितव्य जोखिम आइपरेको खण्डमा आर्थिक रूपमा स्थिर हुनका लागि गरिने एक प्रक्रिया हो ।बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो ।
अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो । तर अझै पनि कतिपयमा बीमाप्रति नकारात्मक धारणा कायमै रहेको छ । बीमा कम्पनीहरुले आम ब्यक्तिहरुसँग हावादारीको भरमा बीमाशुल्क उठाएर भुक्तानी नगर्ने भन्ने नकारात्मक धारणा कतिपयमा रहेको छ । बीमा भनेको झुट हो, बीमा गरेर केही पनि फाइदा छैन भन्ने धारणालाई पछिल्लो समयको बीमा क्षेत्रले झुटो सावित गरिदिएको छ ।
बीमाप्रतिको धारणा स्वदेशमा भन्दा विदेशमा रहेको नेपालीहरुले पछिल्लो समय यसको महत्व बुझ्न थालेका छन् । यसैबीच चितवन घर भएका प्रकाश साफकोटाले २० बर्षको उमेरमा आफुले शेयर बजारबाट कमाएको पैसाले बुवाको जन्मदिनमा बीमा पोलिसि उपहार दिएका छन् । उनले सानो उमेरमा नै जीबन बीमा के हो र यसको के महत्व छ बुझेर आफ्नो बुवालाई उपहार स्वरुप बीमा पोलिसी उपहार खरिद गरिदिएका हुन् ।तर हाल उनी जापानमा भएपनि जापान भएका उनी लगाएत उनका साथीहरुले जापानमा काम गरी कमाएको पहिलो महिनाको पैसाले बीमा पोलिसि र शेयर बजारमा लगानी गरेको छन् ।
आफु लगाएत नेपाली साथीहरुले आइफोन किन्न छोडेर बीमा गर्नुपर्ने धारणा राखेका छन् । आफ्ना साथीहरुलाई बीमाको बारेमा बुझाउन पाउँदा खुशी लागेको प्रकाश बताउँछन् । साथै सकेसम्म नेपालमै बीमाको बारेमा बुझेर विदेश जाँदा अझै सहज हुने उनी बताउँछन् ।
विदेश जानु अघि बीमाको बारेमा राम्रोसँग बुझेर बीमा गराई जाँदा भविष्यमा हुन सक्ने जोखिमको आर्थिक भार व्यवस्थापन हुन सक्ने भन्दै बीमा गरेर मात्रै विदेशमा जान उनले आग्रह गरेका छन् । बीमाको बारेमा सरकारले उचित ढङ्गले प्रचार प्रसार गरिदिए बीमाको सबैमा ज्ञान हुने र राज्यको भार कम हुदैँ जाने छ । यसका साथै उनले राम्रो कम्पनी पहिचान गरेर र बोनस दर हेरेर मात्र बीमा गर्न सुझाव दिएका छन् ।













