१९ वाणिज्य बैंकको वित्तिय विवरण सार्वजनिक : मुनाफा र लाभांश क्षमतामा कुन बैंकको अवस्था कस्तो ? (तथ्याङ्क ग्राफ सहित)

१९ श्रावण २०७९, बिहीबार १७:१३

काठमाडौं । हालसम्ममा १९ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । एनआईसी एशिया, ग्लोबल आइएमई, सानिमा, एनसीसी, माछापुच्छ्रे, प्रभु, लक्ष्मी, सिटीजन्स, सनराइज, माछापुच्छे, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट, कुमारी, नेपाल एसबिआई, हिमालयन, सिद्धार्थ, प्राइम कमर्सियल, कृषि विकास र एनएमबि बैंकले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा १९ बैंकहरुको खुद नाफा ५३ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ आर्जन गरेका छन् भने यस वितरणयोग्य मुनाफा ३८ अर्ब २३ करोड २३ लाख रुपैयाँमाथि रहेको छ ।

चुक्ता पुँजिको आधारमा

 

१९ वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकहरुले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा ग्लोबल बैंक चुक्ता पुँजिको आधारमा मजबुत रहेको देखाएको छ।

बैंकको हालको चुक्ता पुँजि २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । दोस्रोमा प्राईम बैंक रहेको छ । बैंकको चुक्ता पुँजि १८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।तेस्रोमा एनएमबि बैंक रहेको छ । बैंकको १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, सबैभन्दा कम चुक्ता पुँजि स्टान्डर्ड च्याटर बैंक र एभरेष्ट बैंकको रहेको छ । एभरेष्ट ९ अर्ब ४६ करोड रुपैयाँ र स्टान्डर्ड च्याटर बैंकको हालको चुक्ता पुँजि ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

खुद नाफाको आधारमा

वित्तीय विवरण सार्वजनिक गरेका १९ बैंकमध्ये सबैभन्दा बढी मुनाफा आर्जन गर्ने बैंकमा ग्लोबल आईमई बैंक रहेको छ । बैंकले गत आवको असार मसान्तसम्ममा ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकलाई पछ्याउँदै एनआइसी एशिया बैंकले पनि चौथो त्रैमाससम्ममा ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ८ करोड ६३ लाख, एनएमबि बैंकको ३ अर्ब ७० करोड, प्राइम कमर्सियलको ३ अर्ब ६८ करोड, सिद्धार्थको ३ अर्ब २१ करोड, कुमारीको २ अर्ब ८३ करोड, प्रभुको २ अर्ब ६० करोड, एभरेष्टको २ अर्ब ५४ करोड, हिमालयनको २ अर्ब ४८ करोड, कृषि विकासको २ अर्ब ३६ करोड, सानिमाको २ अर्ब २९ करोड, स्ट्याण्डर्ड चार्टर्डको २ अर्ब २६ करोड, सिटिजनको २ अर्ब २५ करोड, माछापुच्छ्रेको २ अर्ब १६ करोड, सनराइजको २ अर्ब १६ करोड, एनसीसीको २ अर्ब २ करोड, नेपाल एसबिआईको १ अर्ब ६३ करोड र लक्ष्मी बैंकको १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

वितरणयोग्य मुनाफा को आधारमा

हालसम्म चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका १९ बैंकमध्ये सबैभन्दा बढी वितरणयोग्य मुनाफा कृषि विकास बैंकको रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । कृषि विकास बैंकको यस अवधिसम्म वितरणयोग्य मुनाफा मात्रै झण्डै ४ अर्ब रुपैयाँ रहेको छ । असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कृषि विकास बैंकको बाँड्न मिल्ने रकम ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, कृषि विकास बैंकलाई पच्छ्याउँदै दोस्रोमा एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा मात्रै ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । बैंकले विभिन्न सूचाङ्कमा सुधार गर्दै वितरणयोग्य मुनाफा मात्रै करिब ४ अर्बको हाराहारीमा छुट्याएको छ ।

साथै ग्लोबल आइएमई बैंकको ३ अर्ब १९ करोड, हिमालयनको २ अर्ब ६६ करोड, एनएमबिको २ अर्ब ३९ करोड, प्राइमको २ अर्ब ३४ करोड, एनआइसी एशियाको २ अर्ब ३४ करोड, सिद्धार्थको २ अर्ब २४ करोड, नेपाल इन्भेष्टमेन्टको २ अर्ब ३ करोड, कुमारीको १ अर्ब ७७ करोड, स्ट्याण्डर्ड चार्टर्डको १ अर्ब ५९ करोड, एनसीसीको १ अर्ब ४७ करोड, सानिमाको १ अर्ब ४६ करोड, नेपाल एसबिआइको १ अर्ब ४४ करोड, सिटिजनको १ अर्ब ४२ करोड, प्रभुको १ अर्ब ४१ करोड, माछापुच्छ्रेको १ अर्ब ३२ करोड, लक्ष्मीको १ अर्ब २५ करोड र सनराइज बैंकको जम्मा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

लाभांश क्षमताको आधारमा

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आइपुग्दा बैंकहरुले कुल ५३ अर्ब ६३ करोडमाथि खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । वित्तीय विवरण प्रकाशित गरेका कुल १९ बैंकहरुमध्ये अधिकांश बैंकहरुको मुनाफामा सुधार देखिएको छ ।

सो मध्ये सबैभन्दा बढी लाभांश क्षमता एभरेष्ट बैंकको रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफालाई कम्पनीको कायम शेयर संख्याले भाग गरेर लाभांश क्षमता निस्कन्छ । बैंकहरुले छुट्याएको वितरणयोग्य मुनाफालाई बैंकको कुल चुक्तापुँजीको आधारमा मानेर हेर्दा सबैभन्दा बढी लाभांश दिन सक्ने क्षमता एभरेष्ट बैंकको रहेको छ । बैंकको लाभांश क्षमता मात्रै ४१.१५ प्रतिशत रहेको छ ।

त्यस्तै, कृषि विकास बैंकको २९.६३%, हिमालयनको २०.५२%, एनआइसी एशियाको १९.४३%, स्ट्याण्डर्ड चार्टर्डको १६.९०%, सिद्धार्थको १६.८२%, नेपाल एसबिआइको १४.७४%, ग्लोबल आइएमईको १३.४५%, एनसीसीको १३.२३%, एनएमबिको १३.०३%, सानिमाको १२.९८%, माछापुच्छ्रेको १२.९५%, प्राइमको १२.५८%, कुमारीको १२.०६%, नेपला इन्भेष्टमेन्टको ११.४३%, प्रभुको ११.१२%, लक्ष्मीको १०.८७%, सिटिजनको १०.०३% र सनराइज बैंकको जम्मा २.५३ प्रतिशत मात्रै लाभांश क्षमता रहेको छ ।

लगानीकर्ताले शेयर बजारमा लगानी गर्नु अघि विश्लेषण गनुपर्ने हुन्छ । यो तथ्याङ्क कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा तयार पारिएको हो ।

स्रोत : कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा

लगानीकर्ताले शेयर बजारमा लगानी गर्नु अघि विश्लेषण गनुपर्ने हुन्छ । यो तथ्याङ्क कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा तयार पारिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*