खराब कर्जा घटेसँगै नेष्डो समृद्ध लघुवित्तको नाफा ७१ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?

२० श्रावण २०७९, शुक्रबार ०८:१०

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तले २२ करोड १९ लाख ५० हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १२ करोड ९७ लाख ५३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ७.५७ प्रतिशतले घटेर ३८ करोड २३ लाख ३१ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ४१ करोड ३६ लाख ७४ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा ७५ प्रतिशतले बढेर ३५ करोड २३ लाख २ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २० करोड १२ लाख ७२ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

यस अवधिसम्म लघुवित्तको खराब कर्जा ६.९७ प्रतिशतबाट घटेर ४.४७ प्रतिशतमा झरेको छ । यसकारण पनि लघुवित्तको नाफा बृद्धि हुन टेवा पुगेको हो । समिक्षा अवधिसम्म लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) ८७ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ३४२ रुपैयाँ ७८ पैसा रहेको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ४८.१४ प्रतिशत बढेर २५ करोड ५० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार ५३.०६ प्रतिशत बढेर कोषमा ६१ करोड ९० लाख रुपैयाँ संचित रहेको छ ।

यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ४३ करोड ८३ लाख रुपैयाँ सापटी लिएको छ भने यस अवधिसम्म संस्थाले २ अर्ब ५२ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*