शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा सामान्य सुधार, लाभांश क्षमता १२ प्रतिशत

२० श्रावण २०७९, शुक्रबार १०:५६

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उप्क्त विवरण अनुसार बैंकको नाफामा सामान्य सुधार देखिएको छ ।

गत आवको चौथो त्रैमाससम्ममा बैंकले ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३७ रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४४ प्रतिशत बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा सञ्चालन मुनाफा २८.३९ प्रतिशत बढेर ९४ करोड ५ लाख रुपयाँ पुगेको छ ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा र चुक्तापुजीको गणनालाई आधार मानेर हेर्दा बैंकको लाभांश क्षमता १२.४३ प्रतिशत रहेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २९ पैसा बढेर १७ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १०.९३ प्रतिशत बढेको छ भने जगेडा कोष १२.६१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २२.२० प्रतिशत बढेको छ भने कर्जा १८.२६ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*