मन्दाकिनी हाइड्रोपावरले शेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटललाई नियुक्त
२० श्रावण २०७९, शुक्रबार ११:०६

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटल नियुक्त भएको छ । कम्पनीको हाइड्रोपावरको संचालक समितिको निर्णय अनुसार क्यापिटल नियुक्त गरेको हो ।
अब मन्दाकिनी हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य बि.ओ.के. क्यापिटलले गर्ने भएको छ ।













