मितेरी डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानी घट्यो, नाफा र लाभांश क्षमता कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले आज प्रकाशित गरेका गत आवको चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ५.५१ प्रतिशतले बढेको छ । अघिल्लो आवको यसै अवधिसम्म बैंकले १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.२० प्रतिशत बढेको छ भने मुनाफा ५.३१ प्रतिशत बढेको छ ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १० करोड ९५ लाख रुपैयाँ रहेको छ । यसथै बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२.१२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २६ पैसा घटेर १७ रुपैयाँ १ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हो । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ३१ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेको छ भने जगेडा कोष १०.०२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ११.३४ प्रतिशत र कर्जा ७.६० प्रतिशत बढेको छ ।













