यसकारण बढ्यो ग्रीन डेभलपमेन्ट बैंकको नाफा, इपीएस कति ?

२० श्रावण २०७९, शुक्रबार ११:१४

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ ।

चालु आवको असार मसान्तसम्ममा बैंकले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६.३४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४८.३१ प्रतिशत बढेर १२ करोड ५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८०.१३ प्रतिशत बढेर ३ करोड ६५ लाख ४ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १६ पैसा बढेर ४ रुपैयाँ ६६ पैसा पुगेको छ ।समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५१ करोड ९० लाख रुपैयाँ रहेकोमा जगेडा कोष ६७.७४ प्रतिशत बढेर कोषमा ५ करोड ९८ लाख रुपैयाँ संचित रहेको छ । त्यसैगरी, बैंकको निक्षेप ५७.७५ प्रतिशत र कर्जा ३९.१८ प्रतिशत बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*