सूर्या लाइफको विशेष साधारण सभा सम्पन्न, प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत अनुमोदन गर्ने निर्णय

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा विराटनगरमा सम्पन्न भएको छ । सभामा कम्पनीका शेयरधनी, संचालक, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
साधारणसभामा नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्ट्रिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसंग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको बारेको निर्णयको अनुमोदन गर्नुका साथै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिनेसम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्विकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोवार रोक्काको लागि पत्राचार गर्ने बिषयमा भएको संचालक समितिको निर्णयको अनुमोदन गर्ने निर्णय समेत भएको छ ।
कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरु नियूक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन काय गर्नका लागि मुल्याङ्कनकर्ता नियूक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी संचालक समितिबाट भएको निर्णय अनुमोदन गरेको छ ।
त्यसैगरी कम्पनी एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यकता अनुसार बीमाङ्कीय मुल्याङ्कनका लागि परामर्शदाता, मुल्याङ्कनकर्ता लगायत कानूनी परामर्शदाता र अन्य विज्ञ नियूक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा कम्पनी एक आपसमा गाभ्ने/गाभिनेसंग सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट स्विकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने÷गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको ब्यहोरा कम्पनीले जनाएको छ ।












