आज यी कम्पनीको शेयर मूल्य घट्यो

२० श्रावण २०७९, शुक्रबार १३:१९

काठमाडौं ।लगातार उतारचढावमा देखिइरहेको सेयर बजारमा शुक्रबार आधा दिनको कारोबारमा पनि गिरावट आएको छ। सेयर कारोबार शुक्रबार बन्द हुनुपर्ने आवाज उठिरँदा बजारले लगानीकर्ताको साथ पाएको छैन।

शुक्रबार ३४.८५ अंकले घटेर बजार २११३.३० बिन्दुमा झरेको छ। जहाँ २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ। २१ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १५७ कम्पनीको मूल्यमा गिरावट आएको छ।

शेयर बजार ओरालो लाग्दा मैलुङ खोलाको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । मैलुङ खोलाको शेयर ७। १८ प्रतिशतले घटेको छ ।
त्यस्तै, गृहेश्वरी मचेन्ट बैंकिङ्, युनाईटेड इर्दी मर्दी, समलिङ पावर, इमजिङ नेपालको शेयर सबैभन्दा धेरै घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*