सातवटा विकास बैंकहरुको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

२० श्रावण २०७९, शुक्रबार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंकहरुमध्ये हालसम्म ७ वटा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८, संशोधन गरी आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गरिनुपर्नेमा हालसम्म ७ वटा विकास बैंकले मात्रै वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्नेमा लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, शाइन रेसुङ्गा, सांग्रिला, गरिमा, ग्रीन र मतेरी डेभलपमेन्ट बैंक रहेका छन् ।सातवटा विकास बैंकले ३ अर्ब ५८ करोड २९ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् ।

जसमध्ये सबैभन्दा बढी मुनाफा कमाउने बैंकका गरिमा विकास बैंक रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्बमाथि मुनाफा संकलन गरेको छ भने सबैभन्दा थोरै मुनाफा आर्जन गर्नेमा ग्रीन डेभलपमेन्ट बैंक रहेको छ ।

कसले कति मुनाफा आर्जन गरे ?
चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने ७ विकास बैंकमध्ये सबैभन्दा बढी मुनाफा गरिमा विकास बैंकको रहेको छ । बैंकले सो अवधिसम्म १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले यस अवधिसम्म एक अर्बभन्दा बढी मुनाफा कमाएर अर्बको क्लबमा उक्लिएको हो ।

त्यस्तै, गरिमालाई पच्छ्याउँदै लुम्बिनी विकास बैंकले पनि सो अवधिसम्म ९७ करोड ३ लाख रुपैयाँमाथि खुद नाफा आर्जन गरेको छ । त्यस्तै, शाइन रेसुङ्गाको ६४ करोड ५२ लाख, सांग्रिला डेभलपमेन्टको ५९ करोड ५८ लाख, मितेरीको १५ करोड ३६ लाख, मुक्तिनाथको १३ करोड ७० लाख र ग्रीन डेभलपमेन्टको २ करोड ४१ लाख रुपैयाँमाथि आर्जन गरेको छ ।

वितरणयोग्य मुनाफा कसको कति ?
वितरणयोग्य मुनाफाको आधारमा सबैभन्दा बलियो मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकहरुले कमाएको खुद नाफालाई विभिन्न सूचकका लागि छुट्याएपछि बाँकी रहेको रकम नै वितरणयोग्य मुनाफा हो । यसैको आधारमा मुक्तिनाथ विकास बैंकले ८१ करोड ५९ लाख ९८ हजार रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ ।

त्यस्तै, गरिमाको यस्तो मुनाफा ७५ करोड २ लाख, लुम्बिनीको ४७ करोड ९२ लाख, शाइन रेसुबलियो मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकहरुले कमाएको खुद नाफालाई विभिन्न सूचकका लागि छुट्याएपछि बाँकी रहेको रकम नै वितरणयोग्य मुनाफा हो । यसैको आधारमा मुक्तिनाथ विकास बैंकले ८१ करोड ५९ लाख ९८ हजार रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ ।

त्यस्तै, गरिमाको यस्तो मुनाफा ७५ करोड २ लाख, लुम्बिनीको ४७ करोड ९२ लाख, शाइन रेसुङ्गाको ४७ करोड, सांग्रिलाको ३४ करोड ८६ लाख, मितेरीको १० करोड ९५ लाख रहेको छ । सातमध्ये ६ वटा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको रिपोर्टमा वितरणयोग्य मुनाफा छुट्याएर राखेको छ भने ग्रीन डेभलपमेन्ट बैंकले भने यस्तो मुनाफा वित्तीय विवरणमा उल्लेख गरेको छैन ।

चुक्तापुँजीको आधारमा को बलियो ?
हालसम्म वित्तीय विवरण् प्रकाशित गर्ने सातवटा विकास बैंकमध्ये चुक्तापुँजीको आधारमा सबैभन्दा बलियो मुक्तिनाथ विकास बैंक रहेको छ । यस अवधिसम्म बैंकको चुक्तापुँजी ५ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, दोस्रोमा गरिमाको ४ अर्ब ५७ करोड, शाइन रेसुङ्गको ३ अर्ब ७८ करोड, लुम्बिनीको ३ अर्ब २८ करोड, सांग्रिलाको ३ अर्ब १ करोड, मितेरीको ९० करोड र ग्रीन डेभलपमेन्टको ५१ करोड मात्रै रहेको छ ।

लाभांश क्षमता कसको कति ?
बैंकहरुले कमाएको खुद नाफाबाट विभिन्न सूचकमा छु्ट्याएपछि वितरणयोग्य मुनाफा छुट्याउने गर्दछ । सोही वितरणयोग्य मुनाफालाई कम्पनीको चुक्तापुँजीलाई भाग गरी लाभांश क्षमता निस्कन्छ ।

यसैको आधारमा सबैभन्दा बढी लाभांश वितरण गर्ने क्षमता गरिमा विकास बैंकको रहेको छ । बैंकले तयार पारेको रिपोर्ट अनुसार गत आर्थिक वर्षको मुनाफाबाट बैंकले शेयरधनीहरुलाई १६.३८ प्रतिशत लाभांश क्षमता राख्दछ ।

त्यस्तै, दोस्रोमा लुम्बिनी विकास बैंकको १४.५९ प्रतिशत, मुक्तिनाथ विकास बैंकको १४.४२ प्रतिशत, शाइन रेसुङ्गाको १२.४३ प्रतिशत, मितेरीको १२.१२ प्रतिशत र सांग्रिलाको ११.५७ प्रतिशत रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*