हिमालयन हाइड्रोको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त
२१ श्रावण २०७९, शनिबार ११:०६

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा ग्लोबल आइएमई क्यापीटलको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त हाइड्रोपावर कम्पनी र क्यापीटल बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा हाइड्रोपावर कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक के.सि. र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।













