हिमालयन बैंकसँग गाभिन लागेको सिभिल बैंकको बाँड्न मिल्ने र खुद नाफा अर्ब नाघ्यो, इपीएस कति ?

२१ श्रावण २०७९, शनिबार ०९:४१

काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यो अघिल्लो आवको तुलनामा १६२ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म बैंकले ५२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिसम्मम बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै बढ्न पुगेकोले बैंकको नाफामा उछाल आएको हो । यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६४ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १३९.२५ प्रतिशत बढेर २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको नाफा सँगै वितरणयोग्य नाफामा पनि आकर्षक बृद्धि देखिएको छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब रुपैयाँ छ । वितरणयोग्य मुनाफा र चुक्तापुँजीको आधारमा हेर्दा बैंकको लाभांश क्षमता ११ प्रतिशत रहेको छ । तर सिभिल बैंक हिमालयन बैंकसँग मर्जरमा गाभिने सम्झौता भएसँगै के कति लाभांश दिने कम्पनीमा भर पर्दछ ।

त्यस्तै, गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन ६.६१ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार ५.५७ प्रतिशतले बढाएको छ । हाल ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २६ पैसा प्रतिशेय नेटवर्थ १३२.४३ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*