नेपाल बैंकको मुनाफा ३ अर्ब २६ करोड रुपैयाँमाथि, वितरणयोग्य नाफा भने ५५ प्रतिशत घट्यो

२१ श्रावण २०७९, शनिबार १०:२५

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा सुधार देखिएको छ ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २६ करोड रुपैयाा मुनाफा आर्जन गर्न सफल भएको छ । जुन यो अघिल्लो आवको तुलनामा १०.२९ प्रतिशतले धेरै हो । अघिल्लो आवको यसै अवधिसम्म बैंकको नाफा २ अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।

खुद नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने अघिल्लो आवको तुलनामा घटेको छ । अघिल्लो आवको यस अवधिसम्म ३ अर्ब ४९ करोड रुपैयाँ रहेको यस्तो नाफा गत आवको यस अवधिसम्म ५५.७७ प्रतिशत घटेर १ अर्ब ५४ करोडमा सीमित भएको छ ।

यसै आधारमा हेर्दा बैंकको लाभांश क्षमता १०.३७ प्रतिशत मात्रै रहेको छ । बैंकले करिब ६१ करोड रुपैयाँ रेगुलेटरी रिजर्भमा छुट्याएको कारण बैंकको वितरणयोग्य नाफा घट्न पुगेको हो ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी ७ प्रतिशतले बढेर ६ अर्ब ८८करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४ अर्ब ११ करोड रुपैयाा पुगेको छ ।

गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन २०.४२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार २०.८६ प्रतिशतले बढाएको छ । हाल १४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा र प्रतिशेय नेटवर्थ २४८.४२ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*