बैंक अफ काठमाण्डूको नाफामा सामान्य सुधार, लाभांश क्षमता १२ प्रतिशत

काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा बैंकको नाफा ४.८५ प्रतिशत बढी हो । अघिल्लो आवको यसै अवधिसम्म बैंकले १ अबै ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असार मसान्तसम्ममा आइपुग्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । वितरणयोग्य नाफा र चुक्तापुँजीलाई आधारमा मानेर हेर्दा बैंकले १२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
असार मसान्तसम्ममा आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ०४ पैसा रहेमो छ भने प्रतिशेयर नेटवर्थ १६७.७५ रुपैयाँ रहेकोछ ।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २३.७७ प्रतिशतले बढेको छ भने संचालन मुनाफा शुन्य दशमलव २५ प्रतिशतमात्रै बढेको छ । यसकारण बैंकको नाफामा सामान्य मात्रै सुधार देखिएको हो ।
यस अवधिसम्म बैंकको चुक्तापुँजी १२ अर्ब १७ करोड रुपैयाँ रहेकोमा जगेडा कोषमा ५ अर्ब ८९ करोड रुपैयाँ संचित रहेको छ ।













