सेञ्चुरी कमर्सियल बैंकको नाफामा उछाल, वितरणयोग्य मुनाफा मात्रै झण्डै एक अर्ब

२१ श्रावण २०७९, शनिबार ११:१४

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफामा चमत्कारिक सुधार गर्न सफल भएको छ ।

बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ११७.७४ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिसम्म बैंकको खुद नाफा ६२ करोड ९३ लाख रुपैयाँ मात्रै रहेको थियो ।

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्न पुगेसँगै बैंकको खुद नाफा बढ्न टेवा पुगेको हो । यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३१.६२ प्रतिशत बढेर ३ अर्ब २० करोड रुपैयाँ पुगेको छ् भने संचालन मुनाफा १४२.१२ प्रतिशत बढेर १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

नाफा बढेसँगै बैंकको वितरणयोग्य मुनाफा ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले शेयरधनीहरुलाई गत आवको मुनाफाबाट ९.५२ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

नाफा बढेसँगै समिक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी ६.९७ पैसाबाट बढेर १४.२१ रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिसम्म बैंकको चुक्तापुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा रिजर्भको आकार समेत बृद्धि भई कोषमा १ अर्ब ७२ करोड रुपैयाँ कोषमा संचित रहेको छ । यस अवधिसम्म बैंकको निक्षेप संकलन ५.८४ प्रतिशत बृद्धि भएको छ भने कर्जा लगानी १३.८० प्रतिशत बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*