गुराँस लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२१ श्रावण २०७९, शनिबार ११:४६

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो ।

लघुवित्तले कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको छ । सो पदका लागि कम्पनीले प्लस टु उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन ३१ गतेसम्म कम्पनीको वेबसाइट https://guranslaghubitta.com.np/index.php/career/job-application-form/ मार्फत फर्म डाउनलोड गरी कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*