कामना सेवा विकास बैंकको खुद नाफा ६३ करोडमाथि, वितरणयोग्य मुनाफा पौने २० करोड

२१ श्रावण २०७९, शनिबार १४:३७

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफामा सुधार देखिएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ९ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ५.४८ प्रतिशतले बढी हो । अघिल्लो आवको यही अवधिसम्म बैंकले ५९ करोड ८१ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी २७.२० प्रतिशतले बढेर १ अर्ब ९५ करोड ४१ लाख ३० हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४.७६ प्रतिशतले बढेर ९० करोड १३ लाख ९४ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै बैंकको नाफामा सुधार देखिन पुगेको हो ।

त्यस्तै बैंकको वितरणयोग्य मुनाफा १९ करोड ८६ लाख १७ हजार रुपैयाँ रहेको छ । यसआधारमा बैंकको लाभांश क्षमता ६.३१ प्रतिशत मात्रै रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ अर्ब ५ करोड ९३ लाख २२ हजार रुपैयाँ संचित रहेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ०३ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*