अभियान लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

२२ श्रावण २०७९, आईतवार ०७:०५

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन २२) गते अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता निष्काशनमा ल्याएको हो ।
लघुवित्तले निष्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*