चन्द्रागिरी हिल्स नाफामा उक्लियो, इपीएस कति ?

२२ श्रावण २०७९, आईतवार ०७:४३

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ५५ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा धनात्मक हुन पुगेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा २७ करोड २६ लाख ९२ हजार रुपैयाँ ऋणात्मक रहेकोमा यस अवधिसम्म कम्पनीले नाफामाा सुधार गरेको हो । अघिल्लो आर्थिक वर्षसम्ममा २७ करोड ७२ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा उक्त घाटा कम गर्दै साढे २ रुपैयाँ नाफा कमाएको छ ।

गत वर्ष व्यवसाय सञ्चालनबाट कम्पनीले ६६ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २२ करोड १९ लाख रुपैयाँ मात्र थियो । यसकारण पनि कम्पनीले नाफा गर्न पुगेको हो ।

नाफामा गएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ६७ पैसा पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १७ रुपैयाँ ७८ पैसाले नकारात्मक थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ २९ पैसा रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ छ भने जगेडा कोष भने अझै ३९ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*