३६ लघुवित्तको वित्तीय विवरण सार्वजनिक हुँदा एकमात्रै अर्ब क्लबमा, कसको मुनाफा कति ? (तथ्याङ्कसहित)

२२ श्रावण २०७९, आईतवार ११:३१

काठमाडौं । हालसम्म ३६ वटा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । संचालनमा रहेका ६७ लघुवित्तमध्ये आधा लघुवित्त संस्थाहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८, संशोधन गरी आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्नेमा सो निर्देशिकालाई पालना गर्दै ३६ लघुवित्तले वित्तीय विवरण प्रकाशित गरेका छन् । बाँकी ३१ लघुवित्तको रिर्पोट अझै आउँन बाँकी छ ।

लघुवित्तहरुले प्रकाशित गरेको विवरणअनुसार अधिकांश लघुवित्तहरुको नाफामा सुधार देखिएको छ । ३६ लघुवित्तहरुले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ अर्ब २६ करोड २८ लाख खुद मुनाफा आर्जन गरेका छन् । ३६ मध्ये २३ वटा संस्थाहरुको खुद नाफा बढेको छ भने बाँकी १३ वटा लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घट्न पुगेको छ ।

खुद नाफाको आधारमा को बलियो ?

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्ने ३६ लघुवित्तमध्ये सबैभन्दा धेरै खुद नाफा आर्जन गर्नेमा छिमेक लघुवित्त रहेको छ । लघुवित्तको खुद नाफा यस अवधिसम्म अर्ब नाघेको छ ।

अन्य लघुवित्तहरुलाई पछि पार्दै लघुवित्तले १ अर्ब ३ करोड नाफा आर्जन गर्दै अर्बको क्लबलमा उक्लिएको हो । साथै फरवार्ड माइक्रोफाइनान्स पनि अघि बढ्दै सो अवधिसम्ममा ८४ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, शेयरबजारमा अब्बल मानिने जीवन विकास लघुवित्तले ७८ करोड १९ लाख, एनआइसी एशिया लघुवित्तले ५८ करोड ५६ लाख, आरएमडिसी लघुवित्तले ३५ करोड ४९ लाख, फर्स्ट माइक्रोफाइनान्सले २६करोड ८८ लाख, ग्लोबल आईमर्य लघुवित्तले २५ करोड ५ लाख, नेरुडेले २३ करोड ३० लाख र नेष्डो समृद्ध लघुवित्तले २२ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

सबैभन्दा थोरै मुनाफा आर्जन गर्ने लघुवित्तमा गणपति लघुवित्त र गुराँस लघुवित्त रहेका छन् । गणपतिले १ करोड ८६ लाख रुपैयाँ र गुराँसले १ करोड २७ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

 

कुन–कुनको नाफा घट्यो ?
अघिल्लो आर्थिक वर्षको तुलनामा वित्तीय विवरण प्रकाशित गरेका ३६ लघुवित्तमध्ये १३ वटा लघुवित्तको नाफा घट्न पुगेको छ ।
जसमा साधना, जाल्पा सामुदायिक, सूर्योदय वोमी, छिमेक, धौलागिरी समता घरेलु, आरम्भ चौतारी, नाडेप, श्रृजनशील, सर्पोट, गुराँस, गरिमा र गणपति लघुवित्त रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनमा यी लघुवित्तहरुको नाफा घट्न पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा ग्रोथ गर्ने लघुवित्तहरु
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको अन्त्यसम्म खुद नाफामा ग्रोथ गर्ने लघुवित्तको नम्बर १ मा कालिका लघुवित्त रहेको छ ।
कालिका लघुवित्तले विभिन्न सूचाङ्कमा सुधार गर्दै गत आवको अन्त्यसम्म खुद नाफा १३२.७२ प्रतिशतले बढाएर १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा लघुवित्तले जम्मा ५करोड ५२ लाख रुपैयाँ खुद नापफा आर्जन गरेको थियो ।

त्यस्तै, दोस्रोमा आरएमडिसी लघुवित्त रहेको छ । आरएमडीसीले गत आवको चौथो त्रैमाससम्ममा खुद नाफामा ९९.४८ प्रतिशत ग्रोथ गरेर ३५ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा लघुवित्तको खुद नाफा १७ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ८७.८२ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ७१.०६ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ६५.६५ प्रतिशत, महिलाको ६१.४३ प्रतिशत, सिवाइसीको ५५.०८ प्रतिशत, आरएसडीसीको ४८.४५ प्रतिशत, राष्ट्र उत्थानको ४१.१७ प्रतिशत, स्वरोजगारको ३१.३० प्रतिशत, नेरुडेको २७.७८ प्रतिशत, एनआइसी एशियाको २४.४९ प्रतिशत, समिटको २१.२९ प्रतिशत, इन्फिनिटीको १९.१४%, जीवन विकासको १३.४०%, सिभिलको १३.३९%, आँधिखोलाको ११.०१%, महुलीको १ं०.७१%, ग्लोबल आईएमईको १०.०५%, नयाँ सारथीको ९.७०%, मिर्मिरेको ८.०१%, स्वाभिमानको ०.६९% र आशाको ०.४४ प्रतिशतले ग्रोथ भएको छ ।

स्रोत :लघुवित्तहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणको आधारमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*