स्वास्थ्य बीमाको रकम बढाउन आवश्यक छ: योगेश भट्टराई

२२ श्रावण २०७९, आईतवार १३:२१

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले स्वास्थ्य बीमाको रकम बढाउन आवश्यक रहेको बताएका छन् । आईतवार प्रतिनिधि सभाको बैठकमा उनले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमाको दुष्टिकोणमा हेरिनुपर्ने उनले बताए ।

भट्टराईले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै एक लाखबाट अब १० लाख बनाउनुपर्ने बताए । उनले छ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको आरोप लगाए ।

स्वास्थ्य बीमालाई २०७४ को ऐन अनुसार पूर्ववत रुपमा संचालन गर्न संसदीय समितिले निर्देशन दिएको दुई हप्ताभन्दा बढी अवधि भइसक्दा पनि कार्यान्वयन नहुँदा लाखौं मानिसहरु यसको सुविधाबाट बन्चित भएको उनले बताए ।
उनले संसद बैठकमा भने, ‘सरकारले व्यवसायिक बीमाको रुपमा बुझेको छ । यो व्यवसायिक बीमा होइन, सामाजिक सुरक्षाको स्वास्थ्य बीमा हो । यसलाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमालाई पूर्ववत अवस्थामा अगाडि बढाउन ध्यानाकर्षण गराउन चाहान्छु ।’ ६ अर्बभन्दा बढी कोरोना बीमा रकम भुक्तानी गर्न आनाकानी गरिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*