महिला र जीवन लघुवित्तको वित्तीय अवस्थालाई तुलना गर्दा कुन सूचकमा कुन बलियो ?

२३ श्रावण २०७९, सोमबार १३:३७

काठमाडौं । महिला लघुवित्त र जीवन विकास लघुवित्तले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । महिला लघुवित्त र जीवन विकासलाई तुलनात्मक रुपमा हेर्ने हो भने महिला लघुवित्तको अधिंकाश वित्तिय सूचक बलियो देखिन्छ ।अधिंकाश सूचकमा महिला लघुवित्तको सूचकहरु अगाडि रहेको छ । जीवन विकास लघुवित्त पनि अघिल्लो आर्थिक बर्षको तुलनामा वृद्धिदरमा उत्रिरहेको तथ्याङ्मा देखाईएको छ ।

त्यसैले, हामीले यी दुई संस्थाहरूको वित्तीय सूचकलाई तुलनात्मक रूपले हेरेका छौँ । यी दुई संस्थाहरूको वित्तीय विवरण तुलना गरेर हेर्दा प्राय सबै प्रमुख वित्तीय सूचकहरूमा जीवन विकास लघुवित्त अब्बल देखिएको छ ।

लघुवित्तले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा तयार पारेको तथ्याङ्क

चुक्ता पुँजिको आधारमा

दुई लघुवित्तबीच चुक्ता पुँजिको आधारमा तुलनात्मक अध्ययन गर्दा महिला लघुवित्त अगाडि रहेको छ ।
महिला लघुवित्त चुक्ता पुँजि १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पुाजि १ अर्ब रुपैयाँ रहेको थियो । गत अािर्थक बर्षको तुलनामा कम्पनीको चुक्ता पुँजि वृद्धि भएको छ ।

त्यस्तै, जीवन विकास लघुवित्तको चुक्ता पुँजि १ अर्ब ३ करोडको चुक्ता पुँजि रहेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पुँजि ६० करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

जगेडा कोषको आधारमा

जगेडा कोषको आधारमा हेर्दा पनि महिला लघुवित्त नै मजबुत देखिएको छ। महिला लघुवित्तको जगेडा कोषमा २९ करोड ८३ लाख रुपैयाँ रकम संचित रहेको छ।
त्यस्तै, जीवन विकास लघुवित्तको जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ रकम संचित रहेको छ ।

खुद मुनाफाको आधारमा

खुद मुनाफाको आधारमा दुई लघुवित्तबीच गरेको तुलनात्मक अध्ययनमा महिला लघुवित्त नै अगाडि रहेको छ । खुद मुनाफा वृद्धिदरको आधारमा पनि महिला नै अगाडि रहेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा महिलाको मुनाफा ६० प्रतिशतले बढेको छ भने जीवन विकास लघुवित्तका मुनाफा १३ प्रतिशतले बढेको छ ।

खुद नाफा ६१.४३ प्रतिशत ले बढेर १५ करोड ९९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस संस्थाले ९ करोड २९ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो।
जीवन विकास लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३.४० प्रतिशत ले बढेको हो । अघिल्लो वर्षको यस लघुवित्तले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थको आधारमा

गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा महिला लघुवित्तको प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ७६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि ३०२ रुपैयाँ २६ पैसा रहेको छ ।
जीवन नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसाले घटेर ७५ रुपैयाँ ६० पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ पनि ४५ रुपैयाँ ७१ पैसाले घटेर २६९ रुपैयाँ ८१ पैसा भएको छ ।

बोरईङको आधारमा

बोरईङको आधारमा पनि जीवन विकास लघुवित्तनै अगाडि रहेको छ। कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा जीवन विकास लघुवित्तको ब्रोरईङमा १० अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै, महिला लघुवित्तको ब्रोरईङमा २ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

लगानी कर्जाको आधारमा

लगानी कर्जाको आधारमा महिला लघुवित्त अगाडि रहेको छ । लघुवित्तको लगानी कर्जा ४४ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, जीवन विकास लघुवित्तको लगानी कर्जामा २३ अर्ब ७७ करोड रुपैयाँ रकम संचित रहेको छ ।

बजार मूल्यको आधारमा

बजार मूल्यको आधारमा हेर्ने हो भने महिला लघुवित्तको शेयर मूल्य बढी रहेको छ । महिला लघुवित्तको दोस्रो बजारमा ३९३० रुपैयाँ प्रतिकित्ता कारोबार भईरहेको छ । दोश्रो बजारमा महिला लघुवित्तको सेयरमूल्य ५ हजार ७ सय ४९ रूपैयाँसम्म पुगेको थियो । जीवन विकास लघुवित्तको सेयरमूल्य पनि लगभग यहाँसम्म पुग्ने लगानीकर्ताहरूले अनुमान गरेका छन् ।
जीवन विकास लघुवित्तको दोस्रो बजारमा २८७७ रुपैयाँ प्रतिकित्ता कारोबार भईरहेको छ ।

खुद ब्याज आम्दानीको आधारमा

खुद ब्याज आम्दानीको आधारमा महिला लघुवित्त नै अगाडि रहेको छ ।
गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण अनुसार महिला लघुवित्त खुद ब्याज आम्दानीमा अगाडि रहेको छ । यसअवधिमा खुद ब्याज आम्दानी १२। ८० प्रतिशतले बढेर २७ करोड ६८ लाख ९ हजार रुपैयाँ पुगेको छ ।
जीवन विकास लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

क्लाईन्टको आधारमा

जीवन विकास लघुवित्तमा ३ लाख १४ हजार क्लाईन्ट रहेको छ । त्यस्तै, ६९ हजार १९ लाख क्लाईन्ट रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*