धौलागिरी लघुवित्तको आइपीओ बिक्री खुल्ला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । धौलागिरी लघुवित्तले आजदेखि आईपीओ जारी गर्दैछ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा तीन करोड ३१ लाख मूल्य बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गर्न भएको छ।
कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल जारी पुँजी (१० लाख ३१ हजार कित्ता)को ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख नौ हजार २९५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ।
सर्वसाधारणले यही साउन २९ गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। यस्तै धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी आईएस’ ग्रेडिङ प्रदान गरेको छ।













