एनएमबी क्यापिटल कनेक्ट आईपिएसमा आबद्ध

काठमाडौं । एनएमबी क्यापिटलले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच औपचारिक सम्झौता भएको छ ।
सम्झौता पत्रमा एनएमबी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्य र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।उक्त सम्झौता पश्चात एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआइर्) सँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपिएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।
सो अन्तर्गत एनएमबी क्यापिटलले एनसिएचएल आईपिएस र कनेक्ट आईपिएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धीत कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछन ।













