महालक्ष्मी विकास बैंकले मुद्दति निक्षेपमा ल्यायो बम्पर अफर, ७० महिनामा दोब्बर भुक्तानी दिने

२४ श्रावण २०७९, मंगलवार ०६:२१

काठमाडौं । महालक्ष्मी विकास बैंकले निक्षेपकर्तामा आकर्षक योजना सार्वजनिक गरेको छ । सो बैंकले बम्फर अफर ल्याउँदै मुद्दति निक्षेपममा पैसा जम्मा गरेको ७० महिनामै डलब भुक्तानी दिने योजना सार्वजनिक गरेको छ ।

हाल नेपालमा प्रचलनमा रहेकोमा बैंकले सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ सार्वजनिक गरेको हो । यस परियोजनामा न्यूनतम् १० हजार रुपैयाँदेखि अधिकतम् जति रकम पनि मुद्दति निक्षेपमा राख्न सकिने बैंकले जनाएको छ ।

बैंकमा जुनसुकै बचत खाता खोल्ने ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् । बैंकका देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ । नयाँ योजनाले मुद्दति निक्षेपकर्ताहरुलाई लाभ पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*