ऋणीहरुलाई अनावश्यक दुःख दिँदै एनएमबी बैंक, ऋणीको खाता ब्लाक गरेर बार्गेनिङ

२४ श्रावण २०७९, मंगलवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबारको लागि अनुमति प्राप्त तथा थुप्रै पटक बैंक अफ दि इयरको उपाधी समेत लिइसकेको एनएमबी बैंकले ऋणीहरुलाई अनावश्यक दुःख र झन्झट मात्रै दिने गरेको छैन ऋणीहरुको खाता ब्लक गरेर बार्गेनिङ समेत गर्ने गरेको तथ्य फेला परेको छ ।

बीमापोष्टलाई प्राप्त सूचनामा असार २७ गतेसम्म खाता सुचारु रहेको एक ऋणको उनको खातामा चार करोड रुपैयाँ भुक्तानी आउने वित्तिकै अटोमेटिक ब्लक गरेर ऋणीको खातामा आएको रकम फिर्ता नदिन बार्गेनिङ गरिरहेको फेला परेको छ ।

ऋणीसँग अनवाश्यक कागजात मागेर हैरानी पार्दै आएका बैंकका अधिकारीहरुले कहिले स्टक चेक, कहिले आम्दानीको स्रोत, कहिले प्रक्रिया पुरा गर्न बाँकी रहेको भन्दै यो समाचार तयार पर्दासम्म रकम झिक्न दिएका छैनन् । असार २७ गतेसम्म सुचारु रहेको बैंक खाता कुनै पनि कारण बिना नै ऋणीको खातामा रकम देखिने वित्तिकै किन ब्लक गरियो भन्ने सम्बन्धमा सिईओ सुनिल केसीसँग पटक पटक सम्पर्क गर्दा जवाफ दिन चाहेनन् ।

बैंकले ऋणीको नाममा स्वीकृत भएको ऋण निर्वाध रुपमा चलाउन दिनुपर्नेमा ऋणीको खातामा रकम आउने वित्तिकै फिर्ता नगर्ने बरु अनेकन कागजात मागेर बार्गेनिङ गरिरहेको छ । सो कार्यमा बैंकका उच्च अधिकारीसमेतकै मिलेमतो रहेको तथ्यहरुले औल्याएको छ ।

एनएमबी बैंकबाट ऋण लिएका सेवाग्राहीले बैंकले अनावश्यक हैरानी दिने, ऋण अवधी बाँकी भएकै बखतमा विभिन्न कागजात मागेर काम गर्न नदिने गरेको गुनासो ऋणीहरुले गर्ने गरेका थिए । नेपालमा सञ्चालनमा रहेका बैंकहरु मध्येमा ऋण लिनको लागि सबैभन्दा कडा प्रक्रिया अपनाउने गरेको एनएमबी बैंकमा ऋण लिएकाहरुले निकै अप्ठेरो गरेर गर्जो टार्न बाध्य भइरहेको गुनासो गर्ने गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*