दुई अर्बमाथि आम्दानी गरेको निर्धन उत्थान लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी २९ प्रतिशतले बृद्धि

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २ करोड ८२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन यो नाफा अघिल्लो आवको तुलनामा १३.५० प्रतिशतले कम हो । अघिल्लो आवको यसै अवधिसम्म लघुवित्तले १ अर्ब १८ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज र संचालन मुनाफा घट्न पुगेकाले लघुवित्तको नाफा घट्न पुगेको हो । यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ११.७६ प्रतिशतले घटेर २ अर्ब ९ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८.९४ प्रतिशतले घटेर १ अर्ब ६१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा लघुवित्तको खुद ब्याज आम्दानी २ अर्ब ३७ करोड ७० लाख रुपैयाँ रहेको थियो भने संचालन मुनाफा १ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिसम्म लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ८६ पैसार रहेको छ । समिक्षा अवधिसम्म लघुवित्तको चुक्तापुँजी २९ प्रतिशतले बढेर २ अर्ब १९ करोड ५० लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार १२.२५ प्रतिशतले बृद्धि भएर कोषमा १ अर्ब ६० करोड रुपैयाँ संचित रहेको छ ।
असार मसान्तसम्म लघुवित्तको सापटी ६ अर्ब २८ करोड, निक्षेप संकलन १८ अर्ब १८ करोड २८ लाख रुपैयाँ र कर्जा लगानी २७ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।













