ग्लोबल आइएमई लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
२४ श्रावण २०७९, मंगलवार ११:०८

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिक संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न ६ वटा पदमा कर्मचारी माग गरेको हो ।
संस्थाले विभागिय प्रमुख (सुचना प्रविधि) तर्फ र कानुन अधिकृतमा १ जनाका दरले कर्मचारी माग गरेको छ । त्यस्तै प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुख र सहायक कनिष्ठ। सहायक व्यवस्थापन प्रशिक्षार्थी। प्रशिक्षार्थी सहायक पदहरुमा केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुका लागि आवश्यक शैक्षिक योग्यता एसईई देखि स्नातक उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले सुचना प्रकाशित मितिले १५ दिन भित्रमा संस्थाको वेवसाईटमा मार्फत आवेदन दिन सकिने जनाएको छ ।














