अरुण काबेली पावरको आम्दानी बढेपनि नाफा घट्यो, इपीएस कति ?

२४ श्रावण २०७९, मंगलवार ११:०६

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २४ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामामा नाफा १३.८९ प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २८ करोड ९७ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ७५ करोड १० लाख ९९ हजार रुपैयाँ विद्युत बिक्रीबाट कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ६.२८ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७० करोड ६७ लाख ६ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २५ करोड ८० लाख ४३ हजार रुपैयाँ रहेको छ ।चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १३.४५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ९१ पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*