सुनचाँदीको मुल्यमा सामान्य बृद्धि, कतिमा हुदैछ कारोबार?
२४ श्रावण २०७९, मंगलवार ११:१७

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको भाउ १२ सय ४० रुपैयाँ कायम भएको छ ।
सोमवारका दिन नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको थियो ।













