रुरु जलविद्युतको विद्युत बिक्री आम्दानीसँगै नाफा ३० प्रतिशतले बढ्यो

२४ श्रावण २०७९, मंगलवार ११:२५

काठमाडौं । रुरु जलबिद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड ३० लाख ९० हजार रुपैयाँ खुद नाफा आजर्न गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ३०.५२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७ करोड १३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १६ करोड १९ लाख २५ हजार रुपैयाँ पुगेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा ८.२१ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ९६ लाख २६ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १३ करोड ८२ लाख ६६ हजार रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २०.७६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*