एभरेष्ट बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह
२४ श्रावण २०७९, मंगलवार ११:५४

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँचवर्ष भन्दा पुरानो लाभांश हालसम्म पनि लिन नआएकोमा उक्त लाभांश बुझिलिन आग्रह गरेको हो ।
बैंकले आफ्नो विभिन्न आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश हालसम्म पनि भुक्तानी नभएको हुँदा सो लाभांश बुझिलिन शेयरधनीहरुलाई सूचना प्रकाशित गरेको हो ।













