श्रृजनशील लघुवित्तलाई करिब ४ करोडको आइपीओ जारी गर्न बोर्डको अनुमति
२४ श्रावण २०७९, मंगलवार १२:५९

काठमााडौं । श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले आइपीअो निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ ।
लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबोनले स्वीकृति दिएको हो । संस्थाले आइपीओ जारी गर्नको लागि गत वैशाख २२ गते सेबोनमा निवेदन पेश गरेकोमा बोर्डबाट साउन १८ गते अनुमति पाएको हो ।
संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा यसअघि नै सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।













