नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त
२४ श्रावण २०७९, मंगलवार १५:३४

काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् ।
कम्पनीको साउन २३ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको कम्पनीको संचालक समितिको अध्यक्षमा ज्ञवालीलाई चयन गरेको हो ।












