गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्न सम्झौता

२५ श्रावण २०७९, बुधबार ०६:०१

काठमाण्डौं । नेपाल एसबिआई बैंक लिमिटेडले गेट वे पेमेन्ट सर्भिस प्रालिसँग अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल)को नेटवर्क नेपालमा विस्तार गर्न सम्झौता गरेको छ।

सम्झौतामा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान अलम तथा गेट वे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन्।

बैंकिङ प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्डअनुरुपको सेवा प्रवाह गराउने विश्वसनीयताका साथ यस कम्पनीले अझै सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने यूपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ।

बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*