सुनको मुल्यमा सामान्य बृद्धि, कतिमा हुदैछ कारोबार?

२५ श्रावण २०७९, बुधबार १०:४४

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँलै घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको भाउ १२ सय ३० रुपैयाँ कायम भएको छ ।

मंगलवारका दिन नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको थियो । सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले बढेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*